A poem by Subin Khanal || देऊतिमाता

 




देऊतिमाताको शितल उज्यालोले ट्ल्किएको मेरो घरटको आंगन ,

बार्तलिबाट हेरि बस्थें ,

मन धेरै हुन्थ्यो त्यो उज्यालोसंग आंगनमा चुंगि खेल्न जान, डोरो काटेर घ्वांई खेल्न जान ,

रातको उज्यालो बार्तलिबाटै हेरि मन बुझाईन्थ्यो , रमाईन्थ्यो। 

अहिले खुल्ला आकाशमुनि बसेर स्वयम देऊतिमाताको दागसम्म नियाल्न सक्ने गरि टोलाऊंदै बस्दा पनि मन भरिन्न आनन्दिपनले ,

मन भरिन्न्न एकलासमा पाऊन थालेको आनन्दिपनले ,

निन्द्रा पनि आजित भएर फर्किन्छन हरेक रात मलाई आफ्नो बसमा पर्न नसकेर। 

त्यो उज्यालोसंगै जतिजति जिन्दगिको यात्रा तय गरें सबै अनुभुति हरु सबै यादहरु सबै सबै मिस्रित हुंदै गए। 

यो जिवनको यति गहिरो सम्बन्ध ,

आमाले सानोदेखिनै ज्यु गर बाबु उ देऊतिमाता भनेर सिकाएदेखि को मेरो प्यारो साथि ,

मेरो सुनसान रातको साथि ्प्रिय देऊतिमाता !

A poem By Subin Khanal || मन रुन्छ मुहार हांस्छ , Heart to smile connection

हो सत्य थियो मेरो जिन्दगिको यात्रा

सत्य थियो यो मन अनि मुहारको सम्बन्ध ,

अहिले मन अनि मुहारको सम्बन्ध खै?
मन रुन्छ मुहार हांस्छ ,
मन दुख्छ आखा हास्छ ,
सुनन !
यात्रामा कतै भड्किएकि भए ,
कतै अंकुशे मन धन मा अड्किएकि भए,
प्रेमको आभाष गराऊने आवाज छोडिदेऊन ,
तिमिलाई पैल्याएर फेरि पनि यो मृत्युसम्मको यात्रा प्रेमिल गराऊनु छ ,
सत्य बनाऊनु छ समय,
सत्य बनाऊनु छ मन अनि ईन्द्रिएहरुविचको सम्बन्ध!