Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

A poem by Subin Khanal || देऊतिमाता

 




देऊतिमाताको शितल उज्यालोले ट्ल्किएको मेरो घरटको आंगन ,

बार्तलिबाट हेरि बस्थें ,

मन धेरै हुन्थ्यो त्यो उज्यालोसंग आंगनमा चुंगि खेल्न जान, डोरो काटेर घ्वांई खेल्न जान ,

रातको उज्यालो बार्तलिबाटै हेरि मन बुझाईन्थ्यो , रमाईन्थ्यो। 

अहिले खुल्ला आकाशमुनि बसेर स्वयम देऊतिमाताको दागसम्म नियाल्न सक्ने गरि टोलाऊंदै बस्दा पनि मन भरिन्न आनन्दिपनले ,

मन भरिन्न्न एकलासमा पाऊन थालेको आनन्दिपनले ,

निन्द्रा पनि आजित भएर फर्किन्छन हरेक रात मलाई आफ्नो बसमा पर्न नसकेर। 

त्यो उज्यालोसंगै जतिजति जिन्दगिको यात्रा तय गरें सबै अनुभुति हरु सबै यादहरु सबै सबै मिस्रित हुंदै गए। 

यो जिवनको यति गहिरो सम्बन्ध ,

आमाले सानोदेखिनै ज्यु गर बाबु उ देऊतिमाता भनेर सिकाएदेखि को मेरो प्यारो साथि ,

मेरो सुनसान रातको साथि ्प्रिय देऊतिमाता !

A poem By Subin Khanal || मन रुन्छ मुहार हांस्छ , Heart to smile connection

हो सत्य थियो मेरो जिन्दगिको यात्रा

सत्य थियो यो मन अनि मुहारको सम्बन्ध ,

अहिले मन अनि मुहारको सम्बन्ध खै?
मन रुन्छ मुहार हांस्छ ,
मन दुख्छ आखा हास्छ ,
सुनन !
यात्रामा कतै भड्किएकि भए ,
कतै अंकुशे मन धन मा अड्किएकि भए,
प्रेमको आभाष गराऊने आवाज छोडिदेऊन ,
तिमिलाई पैल्याएर फेरि पनि यो मृत्युसम्मको यात्रा प्रेमिल गराऊनु छ ,
सत्य बनाऊनु छ समय,
सत्य बनाऊनु छ मन अनि ईन्द्रिएहरुविचको सम्बन्ध!

Man Chune line haru

 आफ्नै सन्ततिका लागि हो दुख गरेको

केहि सहज पक्कै बनाईदिनोस तर
आफ्ना छोराछोरीलाई
उनीहरूको जीवन सजिलो बनाएर अपाङ्गझैं नबनाईदिनोस महोदय,❤️❤️

धर्तिको न्यानो काख सम्झाऊंछ,

 धरातल विर्सेर धेरै नऊचालिनुस महोदय,

त्यो मडारिएको कालो बादलको घेरोमा 

घुमिरहेको चिललाई पनि 

आंधिको वेगले

धर्तिको न्यानो काख सम्झाऊंछ,


Poem of Heart | Poem of Struggle Life | Poem by Subin Khanal | Narratio...


भौंत्रारिन्छ मन,
आफै लखेटिन्छ बाध्यताको घन्टि बजेपछि मन धेरै नजिकका मनहरुबाट
बा बाट,
आमा बाट,
घुर्किमा चल्ने दिनहरुबाट,
आखांले देख्ने रहरहरुबाट,
कुंजिन्छन हात सपना बुन्ने मसिहरुबाट,
चुहिन्छ आंखा भित्रबाट,
अनि लाग्छ यो अनिदो निन्द्रा सपनापारिको देश,
लाग्छ यि सबचिज लिएर एकदिन भेश बदलेर आऊला 
यो मुढोझैं शरिरले खुसि बोकेर ल्याऊमा,
ए सतिले सरापेको देश,
लाखौं को बिटो शिक्षाको नाऊंमा यहिं पुजा गरेको छु,
दुख देशमै गरें,
फल लिन विदेश जांदैछु ए देश,
साथिभाईहरुलाई यहि मुखले गफ लडाएको अझै याद छ मलाई,
स्कुल पढाऊने सरले हेरुंला भनेको पनि पुरा याद छ,
त्यो समयको जोसलाई मान्यता दिने मैले सोचिन
ला्खौं सकेर आफ्नो योग्यता भन्दा तल रहेर
तराईदेखि पढाऊन आएका मेरा गुरु
एकाविहानै कहिल्यै नउठ्ने छोरो!
झसंग भयो यतऔता हेर्यो खै कुन  शहरको कुन गल्लिको एक कोठाको बेडमा लडिरहेको अवस्थामा आफुलाई पाऊंछ,
हतार हतार मोबाईल खोज्छ अनि कल लगाऊन खोज्छ ,
फेरि दिमाग अघि सर्छ ,
बाध्यतामा रुमलिएको यो मनमा अर्को बाध्यता थपिन्छ,
सोच्छ दिमाग भो अहिले नगर यो सपना मात्र हो!
सोच्दैछु ऊडेका घुमेका खाएका ,
राम्रा राम्रा मान्छेहरुसंग जोडि मिलाएर नाचेका 
सपना देख्ने यि आखाले,
अंगालोमा लिएर बढो आसु खसाल्दै परिवारलाई सान्त्वना दिदैं गरुंगो मन बनाएर किन भौंतारिएको देख्छु?
लाग्यो ब्यबहारिक भएछु!!!!

Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money


Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money
Written by Subin Khanal
Narration by Premmy Pandey

पैसै पैसाले बनेको सपना
पैसाकै कारण सपना बुनें
्थाहा थिएन हजुर सपना साकार गर्न पनि पैसा लाग्दो रहेछ,
मत पैसाकै कारण सहरको एक गल्लिमा कुंजिएको मान्छे,
साथिभाई संग  घुम्ने डुल्ने रहर मारेर थुनिएको मान्छे,
मेरो शरिर हेरेर मेरो आवरण हेरेर नजिकिएका स्वार्थि मनहरुबाट ठगिएको मान्छे,
मेरो बाहिरि आवारण खान्दानि रहेछकि क्या हो,
यहि देखेर नजिकिएकाहरु वास्तविक जानकारि पछि टाढिएर एक्लिएको मान्छे,
मत जागिर जागिर जागिर भन्दाभन्दै पढाई सकिएर बाको बगिरहेको पसिना रोक्न पर्देश भाषिन लागेको मान्छे,
मेरो देश भक्ति भन्दा बलियो रहेछ यो पैसा,
मेरो खुसि भन्दा बलियो रहेछ यो पैसा,
मैले बुनेको सपना भन्दा पनि बलियो रहेछ यो पैसा,
पैसा कमाऊनु अघिनै पैसाको चरम अभावले अत्तालिएको यो मन ले के सोच्ला अब?
पैसाकै कारण टुटेको छ सपना,
अनि सपना छ पैसा कमाऊने,
 के रहर होलार रमाऊने यो जिन्दगिको ,
जवानि खेर गएपनि मेरा बालाई दुख पछिको खुसि देखाऊनु छ,
मेरि आमाको खिन्न बनेको मनलाई खुलाऊनु छ  ,
(Youtube Video )
ए पैसा तं कहां छस?
सात समुन्द्र पारि छ भनेनि म लिन आऊछु यार,
जहाज चढेर,
फर्किदेन! तेरो अभावमा आफन्त, ठुलाबढाबाट हेपिएको चेपिएको यो जिन्दगिमा आगमन गर्देन है,
मेरा खुसि किन्नुछ ,
बा संग आमा संग धेरै घुम्न मन छ,
रम्न मन छ जिन्दगिको खुसि के हो बुज्न मन छ ,
यि सबको बलियो आधार तैनै रहेछस हे पैसा,
छौनजेल बा,
छौनजेल आमा,
तैनै रहेछस हे पैसा सबैथोक,
मेरा बाको खुसि खोसिनुअघिनै आ न है,
मेरो आमाको मन निरास हुनुअघिनै आन है,
म लिन आऊछु अब आ है,
गुमेका सबै खुसि ल्या है,

______End______

जब रातको बाह्र बज्छ

जब रातको बाह्र बज्छ || A short story || voice by premmy pandey || words Subin Khanal


Missing love letter


Missing love letter

समर्पण तिमि गए पछिको यो सुनसान बाटो हेरिरहने यि आखा
तिम्रो पर्खाईमा कतिनजेल एकोहोरिनु पर्छ?
तिमि छिटै आऊ है ,
हेरन यो मन अनि यि आखा मिलेर तिमि बाहेक जे चिज अगाडि देख्छ,
सहन गर्न सक्दैन समर्पण, 
तिमि आऊने बाटोमा कुहिरो लागेको छ भनेपनि नांग्लो लिएर पागल्झैं यो मन हम्किन पुग्छ यार ,
धुलो उडेर धमिलो देख्नु पर्छ पानि छम्किन पुग्छ यो मन ति बाटोहरुमा ,
तिमि आऊने बाटो हेरन कति सफा अनि सान्त छ ,
हो तिमि कति कठोर बनेर गयौ तर,
 थाहा छ मलाई ! त्यतिनै आत्मल्गानि गर्दै आऊंनेछौ,
तर तिमि मलाई संका नगर है समर्पण,
हेरन तिमि फर्कने बाटो तिमि गएदेखि नै तिम्रो लागि फेरि  खुल्ला गरिदिएकि छु,
कहिल्यै केहिलाई पनि बिचमा आऊन दिएकि छैन,
मलाई तिमि भए पुग्छ , 
भनन अझै मैले यो बाटोलाई कतिन्जेल सुनसान देख्नुपर्छ?
हुनत मैले यति त्याग गरेर तिमिलाई पर्खनु मेरो सच्चा प्रेम न हो,
सुनेको छु चाहेको चिज पाऊन भाग्यमा लेखिनु पर्छ ,

आज पनि म तिमिले पोहो रसाल मेरो जन्मदिनमा दिएको उपहार 
खोलेर हेर्दै छु,
एकत खुसि लाग्छ
हेरन हाम्रो सम्बन्धत फोटोमा पो बलियो हुंदो रहेछ,
हामि दुईको हसिलो मुहार संगै कुम जोडेर बसेको तस्विरबाट कहिल्यै छुटिनु परेको छैन,
हेरन कति हसिला अनि सन्गै छन , म भएर पनि तिम्रो उपहारमा सजिएको 
म म हैन अरु कोहि जस्तो लाग्छ , 
मलाई जलन हु्न्छ ,
किन हुन्न?
हुन्छ अहिले तिमि म भन्दा कोसौं टाढा मन अनि हरेक कुरामा छौ ,
अनि यो उपहार ले मलाई तिमि अझैनि  नजिक भएको थियौ भने हजार हजार खुसि दिन्थ्यो,
भन अहिले ्म सहन सक्छु होला?
त्यसैले आऊन है मलाई तिम्ले दिएको उपहारलाई जलाऊनु छैन ,
यि हातबाट टाढा बनाऊनु छैन,
किनकिन म यक्लै ्हेर्न खोज्छु मन टुट्छ ,आफु भएर पनि तस्विर को आफु हैन जस्तो लाग्छ,
अनेक कुर खेल्छ मनमा तिम्रो तस्विर संगै बसेको त्यो मेरो तस्विर ्हो भन्ने मलाई थाहा हुदांहुदै पनि किन म 
आफ्नो ठाऊंमा अरुलाई देख्छु?
पक्कै यो मेरो गलत भ्रम हो ,
 तिमि आऊ के संगै मिलेर हेरौंन यो तस्विर,
अनि खुसि के हो हामिलाई देखेर सारा समाज सोध्न आऊनेछन
अबत भनन पुरानो भएर बिलाऊंदै गएको यो सुनसान बाटो 
भत्किनु भन्दा पहिलेनै आऊंछौनि है?

Unlucky animal

 अचानुमा राखेर छप्काऊंछन मुला काटेजसरि मेरा ति घांटिबाट बगेको रगतको खोलो संगै अन्तिमसम्म छुटिन नमानेको मेरो त्यो आ्त्मा र देहबिचको लडाई असैह्य हुदांनहुदै टुक्राटुक्रा भएर तातो तेलमा भुटिन पुग्छु अनि मात्र आभाश हुन्छ परान गहिरहेको छ,

Her reply in my poem


 Her reply in my poem

😂😂❤
mine poem:
तिमित जुनिकिरि रहेछौ,❤️
तारा भनेर हेर्दै थिएं
तिमित जुनिकिरि रहेछौ,
नाई नाई !!!! त्यस्तो नसोच,
जुनकिरि दिऊंसो उज्यालोमा निभ्छ,
जब रात पर्छ आफ्नो आवश्यकता अनुसार
त्यो सुन्दर तारा जस्तै गरि चम्किन थाल्छ,
तिमि आत्मनिर्भर छौ,
साचै तिमि जुनकिरि नै रहेछौ, दिनभरि कहां हराउंछौ?
अनि रातमा बडो चम्किन थाल्छौ है ,
कति सम्झें , केके केके
Her reply:
सायद म तिम्रो सामिप्यता को आश मा जुनकिरी हुदिहु
तारा भए भने त म आकाशमा अनि तिमी धर्तिमा कति ठुलो दरार आउदो हो जिबनमा
तेसैले त म जुनकिरि हुनमै रमाउछु ताकी तिमी लाई नजिकै बाट महसुश गर्न सकु❤

प्रेम



 ☆☆थाहा छैन यो तिम्रो प्रेम हो या मेरो भ्रम।☆☆☆



 तिम्रो कुरामा रमाउनु, तिम्रो photo  हेरी टोलाउनु,Facebook को भित्ता धिसार्दै तिमीलाइ खोज्न भौतारिनु,तिम्रो profile मा बलेको हरीयो बत्तिमा मेरो मन खूसी हुनु !यो प्रेम हो या आकर्षण म बुझ्न सक्दिन।


जब तिमी काम छ भनेर bye  भनेको active 5 minute ago देख्छु त्यो बेला तिम्रो मनमा आफ्नो मात्र हक जमेको आभाष हुन्छ ।


हुन त कुनै अपरिचित हेराइको जबाफमा पनि मुस्कुराउने म तिम्रो चट्ट मिलेको दारी र कपालमा चिप्लनु कुनै ठुलो कुरा होइन । रुने आदत भएका यि आखा तिम्रो कुरामा ठोक्किएर आसु खस्नु ठुलो कुरा होइन। तर topper  तिमि म  ण loser को लागि पढाइ बाट ध्यान भड्किन्छ भने, सक्दिन भन्दा पनि सकि नसकि मेरो चाहाना पुरा गरिदिन्छौ भने यो प्रेम हो या मेरो भ्रम म बुझ्न सक्दिन। 


कुरै कुरामा मलाइ जिस्काउनु,मलाइ सम्झाउनु तिम्रो आदत हो या मेरो जरुरत म बुझ्न सक्दिन।


तिमि सेतो सफा कागज अनि म कालो मसी। तिमीमा एउटा सुन्दर फुल कोर्ने मेरो चाहाना तर मसि उछिट्टिएर  सेतो कागजमा लत्पतियो भने मेरो सानो गल्तिमा तिमी चक्नाचुर हुन्छौ यही डरले म तिम्रो हुन सक्दिन।

तर पनि म तिमी म बिना खुसी छैनौ भनि सोच्नु त्यो मेरो तिम्रो प्रेम हो या मेरो भ्रम म बुझ्न सक्दिन।तिमी बोलन तिम्रा सबै कुरा त नबुझौला तर तिमी सुनाउछौ भने मेरै निम्ति तिम्रा हातले कोरिएको कबिताको सानो अंश करोडौ पटक सुन्न तयार छु।

 

सुनन! तिमीलाइ एउटा प्रश्न गर्नु छ ,मेरा निम्ति लेखिएको त्यो हरफ भुलिदान्छौ कि सम्हालेर राछ्छौ?


तिमी केही नजिक त पक्कै छौ अनि टाढा पनि त्यो क्षितिज भन्दा पर छौ र त्यो तिमी हौ अनि तिमी मेरो।


तिमी अलिकति आत्मिए त पक्कै छौ तर जति मेरो छौ त्यो भन्दा हजार गुणा बढी अरुको भैदियौ।


तिमीले बाटो बिरायौ पनि कसरी भनै जबकी मेरौ सामु अर्को बाटो समात्यौ।


गल्ति मेरो हो म मान्छु तर मेरो मात्र मान्दिन।मेरो गल्तिमा मलाई धम्काएर , गालि गरेर सुधार्नुको सट्टा मलाइ नै त्यागी दिन्छौ यो कदापी सोचेको थिइन।


परिस्थितिले मालाइ चोट सहन सिकायो।जिन्दगी ले मलाइ आफ्नै औकात स्पष्ट दैखाइदियो।मेरो साथी कोही छैन।फुर्सदको समयमा उम र हुम भन्नि धेरै छन तर मेरो मौनता र एक्लो पनलाइ  बुझेर कसैले साथ दिदैन।

मात्र उ एक छ जो मेरो भावनालाइ एक एक गरी बटुलेर आफु भरिन्छ ।

म आफ्नो हरेक खुसी पिडा चम्किरहेको सेतो पानामा किरीमिरी पिर्दै एक एक शब्द ,वाक्य  ,अनुच्छेद गरि पाना भर्छु।लेख्दा लेख्दै खसेका आसुका ढिकाले आफु पग्लन समेत तयार हुन्छ मेरो बिगतले भरीएका पाना ।कहिले काही कलम रिसाएर आफ्नो रगत फ्याकिदिन्छ अनि म भरसक बनाउने कोसिस गर्छू। 

नबुझिने किरीमिरी अक्षर त्यो पनि नमिलेको भाषा , ब्याकरण बिग्रिएको लेख धेरै कमजोरी भएता पनि कमल कहिल्यै थाक्दैन।जब म रुन्छु अनि रुन देउ मन हलुका हुन्छ भनि सबै मलाइ एक्लै छोडेर जान्छन अनि अध्यारो कोठाको कुनामा बसेको कापी र कलम मेरो प्रतीक्षा गर्न थाल्छ।एकछिन म बम्किन्छु ,खतरा लेख्छु अब भनेर आखाको आसु सटको बाहुलाले पुछेर एक छिन खुब पड्किन्छु। लेख्छु 2/4 शब्द अनि आफ्नो औकातमा गम्रयाड़गुम्रुड़ पछारिन्छु।

पढ्न मजा आऊंछ होला है


पढ्न मजा आऊंछ होला है

आ्काशमा चम्किरहेका ति जुनहरुको मन्ध मन्ध उज्यालोले

सेतो पन्नका हरफहरुमा ट्ल्किरहेका
काला अक्षरमा लुकि बसेका रंगिन अतितहरु,
एकै समयमा दुई प्रतिकृया दिन सक्ने शक्ति
कहांबाट आऊंछ होला है?
थाहा छ? त्यो पल तिमिलाई मैले एऊटा तारा पेवा दिएको थें?
जुन रात त्यो चम्किलो तारा देख्छु
अनि हतार हतार पल्टाऊन थाल्छु अतितका पन्नहरु,
टल्कार देखिन्छन
ति पन्नका हरफहरुमा जब बग्न थालिन्छ ओठ मुस्कुराऊन छोड्दैन,
अनि मत बर्तमानमा छुनि अतित पढ्दापो ओठ मुस्कुरायो,
तर मन !!!
घाम र पानि एकैचोटि लाग्नु र अतित पढ्नु एकै हो,
मुस्कान र मलिन मन एकसाथ पाईन्छ,
अबत पढ्न अनि जुनेलि रातको साथ लिन पनि छाडिदिए ,
हेरन तिमि संगै बिस्तार बिस्तार बिलाऊंदै गएको त्यो तारा
एक दिनत झरेर गयो।
कतै तिमिले कसैलाई झार्नत लगाएनौ?