Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money


Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money
Written by Subin Khanal
Narration by Premmy Pandey

पैसै पैसाले बनेको सपना
पैसाकै कारण सपना बुनें
्थाहा थिएन हजुर सपना साकार गर्न पनि पैसा लाग्दो रहेछ,
मत पैसाकै कारण सहरको एक गल्लिमा कुंजिएको मान्छे,
साथिभाई संग  घुम्ने डुल्ने रहर मारेर थुनिएको मान्छे,
मेरो शरिर हेरेर मेरो आवरण हेरेर नजिकिएका स्वार्थि मनहरुबाट ठगिएको मान्छे,
मेरो बाहिरि आवारण खान्दानि रहेछकि क्या हो,
यहि देखेर नजिकिएकाहरु वास्तविक जानकारि पछि टाढिएर एक्लिएको मान्छे,
मत जागिर जागिर जागिर भन्दाभन्दै पढाई सकिएर बाको बगिरहेको पसिना रोक्न पर्देश भाषिन लागेको मान्छे,
मेरो देश भक्ति भन्दा बलियो रहेछ यो पैसा,
मेरो खुसि भन्दा बलियो रहेछ यो पैसा,
मैले बुनेको सपना भन्दा पनि बलियो रहेछ यो पैसा,
पैसा कमाऊनु अघिनै पैसाको चरम अभावले अत्तालिएको यो मन ले के सोच्ला अब?
पैसाकै कारण टुटेको छ सपना,
अनि सपना छ पैसा कमाऊने,
 के रहर होलार रमाऊने यो जिन्दगिको ,
जवानि खेर गएपनि मेरा बालाई दुख पछिको खुसि देखाऊनु छ,
मेरि आमाको खिन्न बनेको मनलाई खुलाऊनु छ  ,
(Youtube Video )
ए पैसा तं कहां छस?
सात समुन्द्र पारि छ भनेनि म लिन आऊछु यार,
जहाज चढेर,
फर्किदेन! तेरो अभावमा आफन्त, ठुलाबढाबाट हेपिएको चेपिएको यो जिन्दगिमा आगमन गर्देन है,
मेरा खुसि किन्नुछ ,
बा संग आमा संग धेरै घुम्न मन छ,
रम्न मन छ जिन्दगिको खुसि के हो बुज्न मन छ ,
यि सबको बलियो आधार तैनै रहेछस हे पैसा,
छौनजेल बा,
छौनजेल आमा,
तैनै रहेछस हे पैसा सबैथोक,
मेरा बाको खुसि खोसिनुअघिनै आ न है,
मेरो आमाको मन निरास हुनुअघिनै आन है,
म लिन आऊछु अब आ है,
गुमेका सबै खुसि ल्या है,

______End______

No comments:

Post a Comment