Showing posts with label man Chune lines haru. Show all posts
Showing posts with label man Chune lines haru. Show all posts

A poem by Subin Khanal || देऊतिमाता

 




देऊतिमाताको शितल उज्यालोले ट्ल्किएको मेरो घरटको आंगन ,

बार्तलिबाट हेरि बस्थें ,

मन धेरै हुन्थ्यो त्यो उज्यालोसंग आंगनमा चुंगि खेल्न जान, डोरो काटेर घ्वांई खेल्न जान ,

रातको उज्यालो बार्तलिबाटै हेरि मन बुझाईन्थ्यो , रमाईन्थ्यो। 

अहिले खुल्ला आकाशमुनि बसेर स्वयम देऊतिमाताको दागसम्म नियाल्न सक्ने गरि टोलाऊंदै बस्दा पनि मन भरिन्न आनन्दिपनले ,

मन भरिन्न्न एकलासमा पाऊन थालेको आनन्दिपनले ,

निन्द्रा पनि आजित भएर फर्किन्छन हरेक रात मलाई आफ्नो बसमा पर्न नसकेर। 

त्यो उज्यालोसंगै जतिजति जिन्दगिको यात्रा तय गरें सबै अनुभुति हरु सबै यादहरु सबै सबै मिस्रित हुंदै गए। 

यो जिवनको यति गहिरो सम्बन्ध ,

आमाले सानोदेखिनै ज्यु गर बाबु उ देऊतिमाता भनेर सिकाएदेखि को मेरो प्यारो साथि ,

मेरो सुनसान रातको साथि ्प्रिय देऊतिमाता !

Man Chune line haru

 आफ्नै सन्ततिका लागि हो दुख गरेको

केहि सहज पक्कै बनाईदिनोस तर
आफ्ना छोराछोरीलाई
उनीहरूको जीवन सजिलो बनाएर अपाङ्गझैं नबनाईदिनोस महोदय,❤️❤️