सत्य थियो यो मन अनि मुहारको सम्बन्ध ,
अहिले मन अनि मुहारको सम्बन्ध खै?
मन रुन्छ मुहार हांस्छ ,
मन दुख्छ आखा हास्छ ,
सुनन !
यात्रामा कतै भड्किएकि भए ,
कतै अंकुशे मन धन मा अड्किएकि भए,
प्रेमको आभाष गराऊने आवाज छोडिदेऊन ,
तिमिलाई पैल्याएर फेरि पनि यो मृत्युसम्मको यात्रा प्रेमिल गराऊनु छ ,
सत्य बनाऊनु छ समय,
सत्य बनाऊनु छ मन अनि ईन्द्रिएहरुविचको सम्बन्ध!
No comments:
Post a Comment