Poem of Heart | Poem of Struggle Life | Poem by Subin Khanal | Narratio...


भौंत्रारिन्छ मन,
आफै लखेटिन्छ बाध्यताको घन्टि बजेपछि मन धेरै नजिकका मनहरुबाट
बा बाट,
आमा बाट,
घुर्किमा चल्ने दिनहरुबाट,
आखांले देख्ने रहरहरुबाट,
कुंजिन्छन हात सपना बुन्ने मसिहरुबाट,
चुहिन्छ आंखा भित्रबाट,
अनि लाग्छ यो अनिदो निन्द्रा सपनापारिको देश,
लाग्छ यि सबचिज लिएर एकदिन भेश बदलेर आऊला 
यो मुढोझैं शरिरले खुसि बोकेर ल्याऊमा,
ए सतिले सरापेको देश,
लाखौं को बिटो शिक्षाको नाऊंमा यहिं पुजा गरेको छु,
दुख देशमै गरें,
फल लिन विदेश जांदैछु ए देश,
साथिभाईहरुलाई यहि मुखले गफ लडाएको अझै याद छ मलाई,
स्कुल पढाऊने सरले हेरुंला भनेको पनि पुरा याद छ,
त्यो समयको जोसलाई मान्यता दिने मैले सोचिन
ला्खौं सकेर आफ्नो योग्यता भन्दा तल रहेर
तराईदेखि पढाऊन आएका मेरा गुरु
एकाविहानै कहिल्यै नउठ्ने छोरो!
झसंग भयो यतऔता हेर्यो खै कुन  शहरको कुन गल्लिको एक कोठाको बेडमा लडिरहेको अवस्थामा आफुलाई पाऊंछ,
हतार हतार मोबाईल खोज्छ अनि कल लगाऊन खोज्छ ,
फेरि दिमाग अघि सर्छ ,
बाध्यतामा रुमलिएको यो मनमा अर्को बाध्यता थपिन्छ,
सोच्छ दिमाग भो अहिले नगर यो सपना मात्र हो!
सोच्दैछु ऊडेका घुमेका खाएका ,
राम्रा राम्रा मान्छेहरुसंग जोडि मिलाएर नाचेका 
सपना देख्ने यि आखाले,
अंगालोमा लिएर बढो आसु खसाल्दै परिवारलाई सान्त्वना दिदैं गरुंगो मन बनाएर किन भौंतारिएको देख्छु?
लाग्यो ब्यबहारिक भएछु!!!!

अन्ततः फिर्ता हुने भयो एमसीसी, तर अब नेपाललाई कुनै पनि देशले ऋण नदिने !?

अन्ततः फिर्ता हुने भयो एमसीसी, तर अब नेपाललाई कुनै पनि देशले ऋण नदिने !?



 काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुदानमा प्राप्त एमसीसी समेत नलिएपछि नेपालले पूर्वाधार बनाउनका लागि कसैसँग पैसा लिने अवस्था नरहने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले यतिबेला सबै जिम्मेवार बन्नुपर्ने बताए।

‘पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन। अनुदान त चाहिँदैन भनेपछि ऋण त लिने कुरै भएन। अब अनुदान कतैबाट लिनुभएन। ऋण कतैबाट लिनुभएन। अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्नेचाहिँ कसरी हो? कसैले बताइदिनुपर्‍यो’, उनले भने।

‘म त संसद्को ‘डिबेट’ कुरिरहेको हो। एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो’, उनले भने, ‘यहाँ त ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो। होइन भने, हामी सबै जवाफदेही हुनुपर्छ। हामी सबैले यसमा काम गरेर आएको हो।’

नेपाली कांग्रेस एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्दै कार्यान्वयन हुनुपर्ने पक्षमा छ। तर, उसको प्रयासका बाबजुद पनि एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल हुन सकेको छैन।

गगन थापा भन्छन्– कुराकानी नमिल्ने गठबन्धन जोगाइराख्ने भन्ने हुँदैननेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुराकानी पनि नमिल्ने भएपछि गठबन्धन जोगाउन बल गर्नुको औचित्य नरहेको बताएका छन्। शुक्रबार संसद् बैठकपपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले कुराकानी मिलेका कारण गठबन्धन बनेको बताउँदै नमिलेको अवस्थमा टुटाउनु स्वाभाविक रहेको बताए। उनले भने, ‘गठबन्धन किन बन्यो, कुराकानी मिलेर बन्यो। कुराकानी नमिले गठबन्धन चल्दैन। कुराकानी नमिल्ने तर गठबन्धन चलिराख्ने भन्ने हुँदैन।’

उनले आफूहरु फरक–फरक राजनीति दल रहेको नबर्सिन आग्रह गर्दै सँगै हिँड्ने विश्वास भएर एक ठाउँ आइपुगेको उल्लेख गरे। अहिले एमसीसीको विरोधमा जनतमत छ भनेर गठबन्धनका अन्य दल त्यता लाग्ने तर कांग्रेसलाई मात्रै भारी बोकाउने कार्य सह्य नहुने बताए।

उनले थपे, ‘अहिले सिंगो नेपालको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ। यस्तो अवस्थामा हामी एक ठाउँ उभिएर यसलाई अघि बढाउँ भनेको हो। तर, कांग्रेसलाई मात्रै भारी बोकाउने कुरामा हाम्रो आपत्ति छ।’

२०७६ माघ २५ गते केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला माओवादी केन्द्र पनि सरकारमा रहेको थापाले स्मरण गराए। उनले भने, ‘त्यतिबेला यही एमसीसी संसद्‌मा टेबल गर्दै गर्दा किन उनीहरुले विरोध गरेनन्। त्यही मन्त्रिपरिषद्‌मा विना मगर, वर्षमान पुन, शक्ति बस्नेत मन्त्री थिए। किन उनीहरुले राजीनामा दिएनन्?’

Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money


Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money
Written by Subin Khanal
Narration by Premmy Pandey

पैसै पैसाले बनेको सपना
पैसाकै कारण सपना बुनें
्थाहा थिएन हजुर सपना साकार गर्न पनि पैसा लाग्दो रहेछ,
मत पैसाकै कारण सहरको एक गल्लिमा कुंजिएको मान्छे,
साथिभाई संग  घुम्ने डुल्ने रहर मारेर थुनिएको मान्छे,
मेरो शरिर हेरेर मेरो आवरण हेरेर नजिकिएका स्वार्थि मनहरुबाट ठगिएको मान्छे,
मेरो बाहिरि आवारण खान्दानि रहेछकि क्या हो,
यहि देखेर नजिकिएकाहरु वास्तविक जानकारि पछि टाढिएर एक्लिएको मान्छे,
मत जागिर जागिर जागिर भन्दाभन्दै पढाई सकिएर बाको बगिरहेको पसिना रोक्न पर्देश भाषिन लागेको मान्छे,
मेरो देश भक्ति भन्दा बलियो रहेछ यो पैसा,
मेरो खुसि भन्दा बलियो रहेछ यो पैसा,
मैले बुनेको सपना भन्दा पनि बलियो रहेछ यो पैसा,
पैसा कमाऊनु अघिनै पैसाको चरम अभावले अत्तालिएको यो मन ले के सोच्ला अब?
पैसाकै कारण टुटेको छ सपना,
अनि सपना छ पैसा कमाऊने,
 के रहर होलार रमाऊने यो जिन्दगिको ,
जवानि खेर गएपनि मेरा बालाई दुख पछिको खुसि देखाऊनु छ,
मेरि आमाको खिन्न बनेको मनलाई खुलाऊनु छ  ,
(Youtube Video )
ए पैसा तं कहां छस?
सात समुन्द्र पारि छ भनेनि म लिन आऊछु यार,
जहाज चढेर,
फर्किदेन! तेरो अभावमा आफन्त, ठुलाबढाबाट हेपिएको चेपिएको यो जिन्दगिमा आगमन गर्देन है,
मेरा खुसि किन्नुछ ,
बा संग आमा संग धेरै घुम्न मन छ,
रम्न मन छ जिन्दगिको खुसि के हो बुज्न मन छ ,
यि सबको बलियो आधार तैनै रहेछस हे पैसा,
छौनजेल बा,
छौनजेल आमा,
तैनै रहेछस हे पैसा सबैथोक,
मेरा बाको खुसि खोसिनुअघिनै आ न है,
मेरो आमाको मन निरास हुनुअघिनै आन है,
म लिन आऊछु अब आ है,
गुमेका सबै खुसि ल्या है,

______End______