भौंत्रारिन्छ मन,
आफै लखेटिन्छ बाध्यताको घन्टि बजेपछि मन धेरै नजिकका मनहरुबाट
बा बाट,
आमा बाट,
घुर्किमा चल्ने दिनहरुबाट,
आखांले देख्ने रहरहरुबाट,
कुंजिन्छन हात सपना बुन्ने मसिहरुबाट,
चुहिन्छ आंखा भित्रबाट,
अनि लाग्छ यो अनिदो निन्द्रा सपनापारिको देश,
लाग्छ यि सबचिज लिएर एकदिन भेश बदलेर आऊला
यो मुढोझैं शरिरले खुसि बोकेर ल्याऊमा,
ए सतिले सरापेको देश,
लाखौं को बिटो शिक्षाको नाऊंमा यहिं पुजा गरेको छु,
दुख देशमै गरें,
फल लिन विदेश जांदैछु ए देश,
साथिभाईहरुलाई यहि मुखले गफ लडाएको अझै याद छ मलाई,
स्कुल पढाऊने सरले हेरुंला भनेको पनि पुरा याद छ,
त्यो समयको जोसलाई मान्यता दिने मैले सोचिन
ला्खौं सकेर आफ्नो योग्यता भन्दा तल रहेर
तराईदेखि पढाऊन आएका मेरा गुरु
एकाविहानै कहिल्यै नउठ्ने छोरो!
झसंग भयो यतऔता हेर्यो खै कुन शहरको कुन गल्लिको एक कोठाको बेडमा लडिरहेको अवस्थामा आफुलाई पाऊंछ,
हतार हतार मोबाईल खोज्छ अनि कल लगाऊन खोज्छ ,
फेरि दिमाग अघि सर्छ ,
बाध्यतामा रुमलिएको यो मनमा अर्को बाध्यता थपिन्छ,
सोच्छ दिमाग भो अहिले नगर यो सपना मात्र हो!
सोच्दैछु ऊडेका घुमेका खाएका ,
राम्रा राम्रा मान्छेहरुसंग जोडि मिलाएर नाचेका
सपना देख्ने यि आखाले,
अंगालोमा लिएर बढो आसु खसाल्दै परिवारलाई सान्त्वना दिदैं गरुंगो मन बनाएर किन भौंतारिएको देख्छु?
लाग्यो ब्यबहारिक भएछु!!!!
No comments:
Post a Comment