Future छैन ? Poem by subin khanal


के लेख्दै हुनुहुन्छ? यो त सुन्ने मनहरुलाई लाग्न सक्छ ! म के जिजासा राखुम? ति शब्दहरुको अर्को रुपनै मेरो आवाज हुन , आखाले बाहिरि सुन्दरता खोज्छ , कानले मिठो आवाज खोज्छ , मनले हरेक चिजको भित्रि मिठास खोज्छ , सुन्ने मनहरुका लागि तपाईका शब्द , सुन्ने कानहरुका लागि मेरो आवाज , हेर्ने आखाहरुका लागि शब्दको भावमा डुब्दा देखिने सपना , हामीमा के चिजको कमि छ र? के साहित्यमा यी आंतको लागि रस रागमात्र छ ? भविष्य छैन ? जो आफु सबैको पिडा बुज्छ , अरुको भावनालाई बुजेर लेख्छ , जो अरुको कहालीलाग्दो कहानीमा आफुलाई पात्र बनाएर भयावह कहानी लेख्छ , जो आफ्नो अन्दाजीमा कसैको मन जित्छ , जो निस्वार्थ कसैको खुसि पिडा सब्दै शब्दले कयौं विलिन पारिदिञ्छ , उसकै भविष्य किन छैन साहित्यमा? एउटा नोबेल लेख्छ उ कयौं रात अनिदो भएर , एउटा नोबेल लेख्छ उ कयौ भावनाहरु समेटेर , एउटा लेख लेख्छ उ आफुलाई कयौ पात्र बनाएर , जुन लेख यो देसका नेताहरुले लगाउने पेटी सती भएका छन , जति सुकै सुन्दर जति सुकै मुल्याबान किन नहोस त्यो पेटी आफ्नै भुंडिले छेकिएर कहिलै देखिदैन अनि मतलब हुदैन , आफुलाई साहित्यकार बनाऊनुछ आफुलाई लेखक बनाऊनुछ उसको सपना , सुरु सुरुमा उसले आफ्नो लेखप्रति पाएको प्रतिकृयाले आफ्नो भविष्य साहित्यमै देख्न थाल्छ , बढो हिम्मतले रच्न थाल्छ अदृक्ष्य कहानीहरु, उसका आंखामा कैद हरेक तिताले , हरेक वर्तमानले शब्दको रुप पाऊन थाल्छन , कयौं बर्षसम्म उ अंधभक्त लागिरहनछ कापीका भावना पोख्न , उस्लाई थाहा हुन्छ शब्दमा जिंउनुको लत कतिसम्म लाग्छ , बस उ नलेखी बस्ना नसक्ने भैसकेको छ , न उ भविष्यको चिन्ताले यो साहित्यिक संसार छाड्न सक्छ न उ लेखेर थाक्न थाक्न सक्छ , बस! उ लेखिरहनछ , महमहि कहानीहरु , सेवन गरिरहनछ सबै सकिएर मात्र थिग्रिएका यादहरु, लेखिरहनछ, प्रेमका कुरा , वेदनाका कुरा , मनोवादका कुरा, पुरा गर्छ नोबेलका बाक्ला बाक्ला ठेलीहरु , उसले साहित्यिक यात्रामा देखेको त्यो भविष्य सपना फेरी एखना थाल्छ , उ साहित्यमा केहि गर्छु भनेर जोसमा आउन लाग्छ , सतिले सरापेको देश राम्रो गर्न खोज्दा सकिएर जानुपर्छ रे , उ आफ्नो शब्दका ठेलीहरु प्रेमील मनहरुसम्मा पुर्याऊन खोज्छ , फेसबुक प्रयोग गर्छ , टिकटक चलाऊंछ , टुईटर चलाऊंछ , बुक छपाऊन पब्लिकेशन धाऊंछ , सारा समय चोटिला शब्हरुको भावनाहरुको खोजीमा भौंतारिदै कमाउने समय गुमाएर तयार पारेको उपन्यास काखी च्यापेर पब्लिकेशन पुगेको उस्लाई लाखौ ठग्न खोजेर निराश बनाऊंदै फ़र्काईञ्छ , जो नाम चलेका छन जो सेलिब्रेटिका रुपमा देखिएका छन् , उहांहरुका प्रतिभा कम्ति छैन , होनाहार प्रतिभाका खानि छन् शब्दको पारखी छन , दुख लाग्दो कुरा यो होकी यतिका प्रतिभाका खानि सेलिब्रटिका रुपमा परिचित नाम चलेकाहरुले सरकार अनि लुकेका प्रतिभाहरुबिचमा बसेर साहित्यलाई व्यवसायीकरण गराए, त्यो रेखा पार गर्न सक्ने साहित्यकारहरु भलै जस्तो उकै हुन साहियिका रस मज्जैसंग चर्चित हुदैछन , थाहा थिएन मलाई सेलिब्रेटी बन्न पनि सेलिब्रटि किन्न सक्नु पर्दो रह्वेछ , कयौं छन मा संग महमहि रचनाहरु , तर म पुर्याऊन सक्दिन धेरै प्रेमील महारुसम्म किनकि मा संग सेलिब्रटि किन्ने औकात छैन , सरकारले पनि प्राथमिकतामा राखेर प्रतिभाहरु चिनेर संरक्षण गर्ने हेतु राखेन , जो पहुंचमा छ उसले दुइहरफले संसारको मुल्याबान पुरस्कार पाएको छ , जो वास्तविक साहित्यिक मन छ जो आफ्नो लेखहरु कुन स्तरको छ बुज्दा बुजदै पनि मौन बस्नु परेको छ , नाअत्तिनुस पक्कै पनि साहित्यमा नाम कमाएका हरुले व्यवसायीकरण गराएर बास्तविक साहित्यप्रेमिलाई दबाउने प्रविती हट्ने छ , रसमगन रहनुस , यसैगरी कलम चलिरहोस, यी आवाजमा ति हब्दका राग चलिरहोस, नसकुंला आफ्नो चमत्कार देखाउन , नसकुंला धेरै माझ चिन्न, धेरैका उपन्यास लेखहरु पढ्दै गर्दा आफ्नो रचना हैसियत बुझेकै छौं , हामि ओझेलमा परेका हैंनौ , बस सितलतामा छौं , सरकारको सम्मानाजनाका दृक्ष्टि नपरुनजेल साहित्यमा भविष्य भाग्य हो , चलेको आमाको आडमा चेलेब्रेटिको हतियार बोकेर साहित्यलाई ब्यबसाहिकरण गर्नेहरु रहूनजेल साहित्य पागलपन हो। यी नाचिरहेका कलमहरु नाचिरहन पाऊन , यी हासीरहेका आखाहरू हासिरहन पाऊन ,

Man Chune line haru

 आफ्नै सन्ततिका लागि हो दुख गरेको

केहि सहज पक्कै बनाईदिनोस तर
आफ्ना छोराछोरीलाई
उनीहरूको जीवन सजिलो बनाएर अपाङ्गझैं नबनाईदिनोस महोदय,❤️❤️

धर्तिको न्यानो काख सम्झाऊंछ,

 धरातल विर्सेर धेरै नऊचालिनुस महोदय,

त्यो मडारिएको कालो बादलको घेरोमा 

घुमिरहेको चिललाई पनि 

आंधिको वेगले

धर्तिको न्यानो काख सम्झाऊंछ,


फेरि लकडाऊन हुने संकेत?? Covid-19 ......

 फेरि लकडाऊन हुने संकेत?






चीनले शुक्रबार उत्तरपूर्वी सहर चाङचुनका ९० लाख बासिन्दालाई यस क्षेत्रमा कोभिड-१९ का घटनामा नयाँ

 स्पाइकको बीचमा लकडाऊन गर्ने आदेश दिएको छ। बासिन्दाहरूलाई घरमै बस्न र सामूहिक परीक्षणको तीन राउन्डहरूबाट गुज्रनु परेको छ, जबकि गैर-आवश्यक व्यवसायहरू बन्द गरिएको छ र यातायातहरू निलम्बित गरिएको छ।

Poem of Heart | Poem of Struggle Life | Poem by Subin Khanal | Narratio...


भौंत्रारिन्छ मन,
आफै लखेटिन्छ बाध्यताको घन्टि बजेपछि मन धेरै नजिकका मनहरुबाट
बा बाट,
आमा बाट,
घुर्किमा चल्ने दिनहरुबाट,
आखांले देख्ने रहरहरुबाट,
कुंजिन्छन हात सपना बुन्ने मसिहरुबाट,
चुहिन्छ आंखा भित्रबाट,
अनि लाग्छ यो अनिदो निन्द्रा सपनापारिको देश,
लाग्छ यि सबचिज लिएर एकदिन भेश बदलेर आऊला 
यो मुढोझैं शरिरले खुसि बोकेर ल्याऊमा,
ए सतिले सरापेको देश,
लाखौं को बिटो शिक्षाको नाऊंमा यहिं पुजा गरेको छु,
दुख देशमै गरें,
फल लिन विदेश जांदैछु ए देश,
साथिभाईहरुलाई यहि मुखले गफ लडाएको अझै याद छ मलाई,
स्कुल पढाऊने सरले हेरुंला भनेको पनि पुरा याद छ,
त्यो समयको जोसलाई मान्यता दिने मैले सोचिन
ला्खौं सकेर आफ्नो योग्यता भन्दा तल रहेर
तराईदेखि पढाऊन आएका मेरा गुरु
एकाविहानै कहिल्यै नउठ्ने छोरो!
झसंग भयो यतऔता हेर्यो खै कुन  शहरको कुन गल्लिको एक कोठाको बेडमा लडिरहेको अवस्थामा आफुलाई पाऊंछ,
हतार हतार मोबाईल खोज्छ अनि कल लगाऊन खोज्छ ,
फेरि दिमाग अघि सर्छ ,
बाध्यतामा रुमलिएको यो मनमा अर्को बाध्यता थपिन्छ,
सोच्छ दिमाग भो अहिले नगर यो सपना मात्र हो!
सोच्दैछु ऊडेका घुमेका खाएका ,
राम्रा राम्रा मान्छेहरुसंग जोडि मिलाएर नाचेका 
सपना देख्ने यि आखाले,
अंगालोमा लिएर बढो आसु खसाल्दै परिवारलाई सान्त्वना दिदैं गरुंगो मन बनाएर किन भौंतारिएको देख्छु?
लाग्यो ब्यबहारिक भएछु!!!!

अन्ततः फिर्ता हुने भयो एमसीसी, तर अब नेपाललाई कुनै पनि देशले ऋण नदिने !?

अन्ततः फिर्ता हुने भयो एमसीसी, तर अब नेपाललाई कुनै पनि देशले ऋण नदिने !?



 काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुदानमा प्राप्त एमसीसी समेत नलिएपछि नेपालले पूर्वाधार बनाउनका लागि कसैसँग पैसा लिने अवस्था नरहने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले यतिबेला सबै जिम्मेवार बन्नुपर्ने बताए।

‘पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन। अनुदान त चाहिँदैन भनेपछि ऋण त लिने कुरै भएन। अब अनुदान कतैबाट लिनुभएन। ऋण कतैबाट लिनुभएन। अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्नेचाहिँ कसरी हो? कसैले बताइदिनुपर्‍यो’, उनले भने।

‘म त संसद्को ‘डिबेट’ कुरिरहेको हो। एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो’, उनले भने, ‘यहाँ त ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो। होइन भने, हामी सबै जवाफदेही हुनुपर्छ। हामी सबैले यसमा काम गरेर आएको हो।’

नेपाली कांग्रेस एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्दै कार्यान्वयन हुनुपर्ने पक्षमा छ। तर, उसको प्रयासका बाबजुद पनि एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल हुन सकेको छैन।

गगन थापा भन्छन्– कुराकानी नमिल्ने गठबन्धन जोगाइराख्ने भन्ने हुँदैननेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुराकानी पनि नमिल्ने भएपछि गठबन्धन जोगाउन बल गर्नुको औचित्य नरहेको बताएका छन्। शुक्रबार संसद् बैठकपपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले कुराकानी मिलेका कारण गठबन्धन बनेको बताउँदै नमिलेको अवस्थमा टुटाउनु स्वाभाविक रहेको बताए। उनले भने, ‘गठबन्धन किन बन्यो, कुराकानी मिलेर बन्यो। कुराकानी नमिले गठबन्धन चल्दैन। कुराकानी नमिल्ने तर गठबन्धन चलिराख्ने भन्ने हुँदैन।’

उनले आफूहरु फरक–फरक राजनीति दल रहेको नबर्सिन आग्रह गर्दै सँगै हिँड्ने विश्वास भएर एक ठाउँ आइपुगेको उल्लेख गरे। अहिले एमसीसीको विरोधमा जनतमत छ भनेर गठबन्धनका अन्य दल त्यता लाग्ने तर कांग्रेसलाई मात्रै भारी बोकाउने कार्य सह्य नहुने बताए।

उनले थपे, ‘अहिले सिंगो नेपालको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ। यस्तो अवस्थामा हामी एक ठाउँ उभिएर यसलाई अघि बढाउँ भनेको हो। तर, कांग्रेसलाई मात्रै भारी बोकाउने कुरामा हाम्रो आपत्ति छ।’

२०७६ माघ २५ गते केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला माओवादी केन्द्र पनि सरकारमा रहेको थापाले स्मरण गराए। उनले भने, ‘त्यतिबेला यही एमसीसी संसद्‌मा टेबल गर्दै गर्दा किन उनीहरुले विरोध गरेनन्। त्यही मन्त्रिपरिषद्‌मा विना मगर, वर्षमान पुन, शक्ति बस्नेत मन्त्री थिए। किन उनीहरुले राजीनामा दिएनन्?’

Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money


Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money
Written by Subin Khanal
Narration by Premmy Pandey

पैसै पैसाले बनेको सपना
पैसाकै कारण सपना बुनें
्थाहा थिएन हजुर सपना साकार गर्न पनि पैसा लाग्दो रहेछ,
मत पैसाकै कारण सहरको एक गल्लिमा कुंजिएको मान्छे,
साथिभाई संग  घुम्ने डुल्ने रहर मारेर थुनिएको मान्छे,
मेरो शरिर हेरेर मेरो आवरण हेरेर नजिकिएका स्वार्थि मनहरुबाट ठगिएको मान्छे,
मेरो बाहिरि आवारण खान्दानि रहेछकि क्या हो,
यहि देखेर नजिकिएकाहरु वास्तविक जानकारि पछि टाढिएर एक्लिएको मान्छे,
मत जागिर जागिर जागिर भन्दाभन्दै पढाई सकिएर बाको बगिरहेको पसिना रोक्न पर्देश भाषिन लागेको मान्छे,
मेरो देश भक्ति भन्दा बलियो रहेछ यो पैसा,
मेरो खुसि भन्दा बलियो रहेछ यो पैसा,
मैले बुनेको सपना भन्दा पनि बलियो रहेछ यो पैसा,
पैसा कमाऊनु अघिनै पैसाको चरम अभावले अत्तालिएको यो मन ले के सोच्ला अब?
पैसाकै कारण टुटेको छ सपना,
अनि सपना छ पैसा कमाऊने,
 के रहर होलार रमाऊने यो जिन्दगिको ,
जवानि खेर गएपनि मेरा बालाई दुख पछिको खुसि देखाऊनु छ,
मेरि आमाको खिन्न बनेको मनलाई खुलाऊनु छ  ,
(Youtube Video )
ए पैसा तं कहां छस?
सात समुन्द्र पारि छ भनेनि म लिन आऊछु यार,
जहाज चढेर,
फर्किदेन! तेरो अभावमा आफन्त, ठुलाबढाबाट हेपिएको चेपिएको यो जिन्दगिमा आगमन गर्देन है,
मेरा खुसि किन्नुछ ,
बा संग आमा संग धेरै घुम्न मन छ,
रम्न मन छ जिन्दगिको खुसि के हो बुज्न मन छ ,
यि सबको बलियो आधार तैनै रहेछस हे पैसा,
छौनजेल बा,
छौनजेल आमा,
तैनै रहेछस हे पैसा सबैथोक,
मेरा बाको खुसि खोसिनुअघिनै आ न है,
मेरो आमाको मन निरास हुनुअघिनै आन है,
म लिन आऊछु अब आ है,
गुमेका सबै खुसि ल्या है,

______End______