Poem of Heart | Poem of Struggle Life | Poem by Subin Khanal | Narratio...
अन्ततः फिर्ता हुने भयो एमसीसी, तर अब नेपाललाई कुनै पनि देशले ऋण नदिने !?
अन्ततः फिर्ता हुने भयो एमसीसी, तर अब नेपाललाई कुनै पनि देशले ऋण नदिने !?
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुदानमा प्राप्त एमसीसी समेत नलिएपछि नेपालले पूर्वाधार बनाउनका लागि कसैसँग पैसा लिने अवस्था नरहने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले यतिबेला सबै जिम्मेवार बन्नुपर्ने बताए।
‘पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन। अनुदान त चाहिँदैन भनेपछि ऋण त लिने कुरै भएन। अब अनुदान कतैबाट लिनुभएन। ऋण कतैबाट लिनुभएन। अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्नेचाहिँ कसरी हो? कसैले बताइदिनुपर्यो’, उनले भने।
‘म त संसद्को ‘डिबेट’ कुरिरहेको हो। एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो’, उनले भने, ‘यहाँ त ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो। होइन भने, हामी सबै जवाफदेही हुनुपर्छ। हामी सबैले यसमा काम गरेर आएको हो।’
नेपाली कांग्रेस एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्दै कार्यान्वयन हुनुपर्ने पक्षमा छ। तर, उसको प्रयासका बाबजुद पनि एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल हुन सकेको छैन।
गगन थापा भन्छन्– कुराकानी नमिल्ने गठबन्धन जोगाइराख्ने भन्ने हुँदैननेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुराकानी पनि नमिल्ने भएपछि गठबन्धन जोगाउन बल गर्नुको औचित्य नरहेको बताएका छन्। शुक्रबार संसद् बैठकपपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले कुराकानी मिलेका कारण गठबन्धन बनेको बताउँदै नमिलेको अवस्थमा टुटाउनु स्वाभाविक रहेको बताए। उनले भने, ‘गठबन्धन किन बन्यो, कुराकानी मिलेर बन्यो। कुराकानी नमिले गठबन्धन चल्दैन। कुराकानी नमिल्ने तर गठबन्धन चलिराख्ने भन्ने हुँदैन।’
उनले आफूहरु फरक–फरक राजनीति दल रहेको नबर्सिन आग्रह गर्दै सँगै हिँड्ने विश्वास भएर एक ठाउँ आइपुगेको उल्लेख गरे। अहिले एमसीसीको विरोधमा जनतमत छ भनेर गठबन्धनका अन्य दल त्यता लाग्ने तर कांग्रेसलाई मात्रै भारी बोकाउने कार्य सह्य नहुने बताए।
उनले थपे, ‘अहिले सिंगो नेपालको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ। यस्तो अवस्थामा हामी एक ठाउँ उभिएर यसलाई अघि बढाउँ भनेको हो। तर, कांग्रेसलाई मात्रै भारी बोकाउने कुरामा हाम्रो आपत्ति छ।’
२०७६ माघ २५ गते केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला माओवादी केन्द्र पनि सरकारमा रहेको थापाले स्मरण गराए। उनले भने, ‘त्यतिबेला यही एमसीसी संसद्मा टेबल गर्दै गर्दा किन उनीहरुले विरोध गरेनन्। त्यही मन्त्रिपरिषद्मा विना मगर, वर्षमान पुन, शक्ति बस्नेत मन्त्री थिए। किन उनीहरुले राजीनामा दिएनन्?’
Paisa पैसा | Poem For Paisa पैसा | Poem for Money
These are the 8 decisions made by the CCMC meeting, not getting public service due to non-vaccination
These are the 8 decisions made by the CCMC meeting, not getting public service due to non-vaccination
FEMALE VERSION OF YAMA BUDDHA- SAATHI🔥🔥
हाम्रो मित्रता अरु सम्बन्ध भन्दा माथी
हामी सहर घुम्न जान्थ्यौ राति राति, भागी भागी
घरमा आमा बुवा लाई ढाँटी
मर्न र मार्न तयार एक अर्कोको लागि
सधै संगै बस्थ्यौ स्कुल पढदा हामी
दुबै न जाने यदि एउटा बिरामी
जे पनि बाडने हाम्रो राम्रो थियो बानी
उस्ले एक दिन चुरोट सल्काइ सोध्यो, "ओए खाने?"
मैले पनि ताने संकोचै नमानी
दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी
बिस्तारै कुलतमा फसियो जानी नजानी
गाँजा अनि गोटि सामान र पानी
यो पछि त्यो, त्यो पछी त्यो दामि
झ्याप नभइ दिन पनि राम्रै नलाग्ने
त्यसपछी फेरि कहिल्यै उस्तै रहेनौ हामी
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
गलत निर्णय खराब परिणामको शिकार भयौ
कतिलाई कुट्यौ, लुट्यौ, कतिलाई ठग्यौँ
घरमा आफ्नै आमाबुबा सँग झर्क्यौ
आफैमा लड्यौ तर खान छोडेनौ
बिस्तारै हामी एकअर्का सँगै बोलेनौ
सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा
ऊ बिना मलाई एक रती राम्रो लागेन
अब सबै त्याग्ने मैले बाचा गरे
बाहिर ननिस्कि कोठा भित्र सुतेर बसे
बिस्तारै म पढाइ तिर अघि बढे
सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भन्ने
एक दिन अचानक उसको भाई म सँग रुन लाग्यो
मेरो मनमा विभिन्न प्रश्नहरु उठ्न थाल्यो
म माथि आकाश खस्यो, म बेहोसिए
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
If you never sort it out, take a bit, सोच्छु म
सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो
तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो
हार पनि जीत, जीत पनि हार हुन्थ्यो
घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो
दु: ख सुख मा सङ्गै रोईन्थ्यो हासिन्थ्यो
तँ र म दाजुभाई जसरी बाँचिन्थ्यो
के लानुछ जिन्दगी दुई दिनको नासो हो
तँ चाडैँ गईस तर एक दिन म पनि आउँछु
शान्त सुन्दर संसारमा त्यो बादल पारिको
जित्नु भन्दा ठूलो कुरो हिम्मत नहार्नु हो
तँ कस्तो छस साथी म सन्चै छु
तेरो याद आयो अनि सम्झेर बस्दै छु
हामी फेरि भेटछौ भनी दिन गन्दै छु, अँ
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
नहोला सँगै आज तँ र म तर
तेरो सम्झना यो मनमा छ
साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै
तर साथी निकै एक्लो छु अहिले
