☆☆थाहा छैन यो तिम्रो प्रेम हो या मेरो भ्रम।☆☆☆
तिम्रो कुरामा रमाउनु, तिम्रो photo हेरी टोलाउनु,Facebook को भित्ता धिसार्दै तिमीलाइ खोज्न भौतारिनु,तिम्रो profile मा बलेको हरीयो बत्तिमा मेरो मन खूसी हुनु !यो प्रेम हो या आकर्षण म बुझ्न सक्दिन।
जब तिमी काम छ भनेर bye भनेको active 5 minute ago देख्छु त्यो बेला तिम्रो मनमा आफ्नो मात्र हक जमेको आभाष हुन्छ ।
हुन त कुनै अपरिचित हेराइको जबाफमा पनि मुस्कुराउने म तिम्रो चट्ट मिलेको दारी र कपालमा चिप्लनु कुनै ठुलो कुरा होइन । रुने आदत भएका यि आखा तिम्रो कुरामा ठोक्किएर आसु खस्नु ठुलो कुरा होइन। तर topper तिमि म ण loser को लागि पढाइ बाट ध्यान भड्किन्छ भने, सक्दिन भन्दा पनि सकि नसकि मेरो चाहाना पुरा गरिदिन्छौ भने यो प्रेम हो या मेरो भ्रम म बुझ्न सक्दिन।
कुरै कुरामा मलाइ जिस्काउनु,मलाइ सम्झाउनु तिम्रो आदत हो या मेरो जरुरत म बुझ्न सक्दिन।
तिमि सेतो सफा कागज अनि म कालो मसी। तिमीमा एउटा सुन्दर फुल कोर्ने मेरो चाहाना तर मसि उछिट्टिएर सेतो कागजमा लत्पतियो भने मेरो सानो गल्तिमा तिमी चक्नाचुर हुन्छौ यही डरले म तिम्रो हुन सक्दिन।
तर पनि म तिमी म बिना खुसी छैनौ भनि सोच्नु त्यो मेरो तिम्रो प्रेम हो या मेरो भ्रम म बुझ्न सक्दिन।तिमी बोलन तिम्रा सबै कुरा त नबुझौला तर तिमी सुनाउछौ भने मेरै निम्ति तिम्रा हातले कोरिएको कबिताको सानो अंश करोडौ पटक सुन्न तयार छु।
सुनन! तिमीलाइ एउटा प्रश्न गर्नु छ ,मेरा निम्ति लेखिएको त्यो हरफ भुलिदान्छौ कि सम्हालेर राछ्छौ?
तिमी केही नजिक त पक्कै छौ अनि टाढा पनि त्यो क्षितिज भन्दा पर छौ र त्यो तिमी हौ अनि तिमी मेरो।
तिमी अलिकति आत्मिए त पक्कै छौ तर जति मेरो छौ त्यो भन्दा हजार गुणा बढी अरुको भैदियौ।
तिमीले बाटो बिरायौ पनि कसरी भनै जबकी मेरौ सामु अर्को बाटो समात्यौ।
गल्ति मेरो हो म मान्छु तर मेरो मात्र मान्दिन।मेरो गल्तिमा मलाई धम्काएर , गालि गरेर सुधार्नुको सट्टा मलाइ नै त्यागी दिन्छौ यो कदापी सोचेको थिइन।
परिस्थितिले मालाइ चोट सहन सिकायो।जिन्दगी ले मलाइ आफ्नै औकात स्पष्ट दैखाइदियो।मेरो साथी कोही छैन।फुर्सदको समयमा उम र हुम भन्नि धेरै छन तर मेरो मौनता र एक्लो पनलाइ बुझेर कसैले साथ दिदैन।
मात्र उ एक छ जो मेरो भावनालाइ एक एक गरी बटुलेर आफु भरिन्छ ।
म आफ्नो हरेक खुसी पिडा चम्किरहेको सेतो पानामा किरीमिरी पिर्दै एक एक शब्द ,वाक्य ,अनुच्छेद गरि पाना भर्छु।लेख्दा लेख्दै खसेका आसुका ढिकाले आफु पग्लन समेत तयार हुन्छ मेरो बिगतले भरीएका पाना ।कहिले काही कलम रिसाएर आफ्नो रगत फ्याकिदिन्छ अनि म भरसक बनाउने कोसिस गर्छू।
नबुझिने किरीमिरी अक्षर त्यो पनि नमिलेको भाषा , ब्याकरण बिग्रिएको लेख धेरै कमजोरी भएता पनि कमल कहिल्यै थाक्दैन।जब म रुन्छु अनि रुन देउ मन हलुका हुन्छ भनि सबै मलाइ एक्लै छोडेर जान्छन अनि अध्यारो कोठाको कुनामा बसेको कापी र कलम मेरो प्रतीक्षा गर्न थाल्छ।एकछिन म बम्किन्छु ,खतरा लेख्छु अब भनेर आखाको आसु सटको बाहुलाले पुछेर एक छिन खुब पड्किन्छु। लेख्छु 2/4 शब्द अनि आफ्नो औकातमा गम्रयाड़गुम्रुड़ पछारिन्छु।
No comments:
Post a Comment