gajal
मन मस्तिष्कले हो सारा कुरा धान्ने भनेको
धान्न नसकेपछि हो पिऊने अनि तान्ने भनेको
उ मेरो नजिकको साथि भनेर मख्ख नपर्नुस
नजिक हुनेलेनै हुन छुरा हान्ने भनेको
आफु ठालु बनेर अरुलाई नझुकाउनुस हजुर
झुक्नेहरुलेनै हुन अक्सर खुट्टा तान्ने भनेको
केहि दिन सक्दैनौ भने बस! सत्रु देऊ भगवान
आखिरिमा उसैबाट हो जिऊन जान्ने भनेको
उ पराजित भयो भन्दै ढुक्क हुने गल्ति नगर्नुस
प्रतिसोधको भावनाले हो हार मान्ने भनेको
No comments:
Post a Comment