जब रातको बाह्र बज्छ
यो अबुज आंखा उज्यालो खोज्न थाल्छ
लाईट अन गर्छु पर्दा खोल्छु हेर्छु
सुनसान शहर,
सुनसान सडक,
सुनसान सडकले मलाई बडो दोधारमा परिदिएको छ
म दिनमा यहि रोडमा गुड्ने महंगा कार ,
सुकिला मुकिला कोट पेन्ट, धनाड्देका अनेकौ
गतिबिधिले कमाऊने सपनाको भुत मनभरि
भरिदिन्छ
कसरि पुरा गरुं सोचमा डुब्छु, आधारातसम्म
फेरि देख्छु यहि आधारातको सुनसान रोडमा बेबारिसे भई
जुनको छहारि, सितको सिरक,
अनि कंक्रिटको बिछ्यौनिमा मस्त निदाईरहेको
मनुष्य संगै दुईचार कुकुरका बथानहरु
फेरि मन बदलिन्छ कमाऊनु भन्दा जिन्दगि जस्तो छ खुसि साथ बिताऊनु बेश हो ,💞
No comments:
Post a Comment