जति दुर हुन्छु,
टुक्रिरहेको हुन्छु,
तर यो आबश्यक छ
म नटुक्रिएर पनि के गरुं ,
भारि मन फेरि पनि उहिं ठांऊमा बजारिन सक्छ,
जहां बाट कठोर मनले स्वार्थका लामो स्वास
भरेर ऊडाईएको जो एक अन्तरिक्ष यान जस्तै न हुं।
अझै धेरै टुक्रिन मन छ ताकि
आफुलाई हलुंगो बनाऊन सकूं,
अझै लामो वेग लिन सकुं, अम सांचै
कतै म खसिहांले भने ?
खाल्टो खनेर राख्नु है,
ऊड्न भन्दा भासिन अलि सजिलो हुन्छ कि।।।